आजको मौसम : हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ र तराई भूभागमा मौसम मूख्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राती देशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र पहाड र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।