नेपालमा चालु आर्थिक वर्षको एघारौं महिना २०८३ जेठ मसान्तसम्म २ अर्ब रुपैयाँ भन्दा बढीको राउटर आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को यो अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार २ अर्ब ९ करोड ८६ लाख ७७ हजार रुपैयाँ बराबरको राउटर आयात भएको छ।
उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ८ लाख ३९ हजार ६ सय थान राउटर आयात भएको विवरणमा उल्लेख छ। यो आयातबाट सरकारले ३९ करोड २६ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा पनि छिमेकी चीन र भारतसहित विश्वका जम्मा १५ मुलुकबाट राउटर आयात भएको छ।
यो अवधिमा सबैभन्दा बढी चीनबाट २ अर्ब २६ लाख ६० हजार रुपैयाँ बराबरको ८ लाख ११ हजार ४५ थान राउटर आयात भएको छ।
यसैगरी भारतबाट ८ लाख १५ हजार बराबरको ९१३ थान, मलेसियाबाट ४ लाख ९८ हजार बराबरको ५१ थान, कतारबाट २ हजार बराबरको ५ थान, अमेरिकाबाट ३ लाख ६७ हजार बराबरको ३ थान राउटर आयात भएको छ। यसैगरी भियतनामबाट ८ करोड ५८ लाख ९६ हजार बराबरको २७ हजार १०७ थान राउटर आएको छ।
