ललितपुरको सानेपास्थित हेरिटेज गार्डनमा ‘ब्रान्ड नेपाल–गो लोकल २०२६’ आयोजना गरिएको छ। मेलामा नेपाली फेसन, फुटवेयर, हस्तकला, कस्मेटिक्स, खाद्य सामग्री तथा सामाजिक उद्यमका उत्पादन प्रदर्शन र बिक्रीमा राखिएका छन्। स्थानीय स्टार्टअप, साना तथा मझौला उद्यमीलाई उपभोक्तासँग जोड्दै ‘मेड इन नेपाल’ ब्रान्ड प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो।















