खेलकुदमन्त्री पोखरेलद्धारा दाङकोे देउखुरी क्रिकेट रंगशालाको निरीक्षण

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दाङको देउखुरीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निरीक्षण गरेका छन्।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित कार्यक्रमका लागि सुर्खेत जाने क्रममा मन्त्री पोखरेलले  रङ्गशालाको अवलोकन तथा निरीक्षण गरे।

निरीक्षणका क्रममा उनले रङ्गशालामा क्रिकेट अभ्यास गरिरहेका युवाहरूसँग क्रिकेटसमेत खेले।

रङ्गशालाको अवस्था तथा खेलकुद गतिविधिबारे जानकारी लिन मन्त्री पोखरेल त्यहाँ पुगेका हुन्।

त्यसक्रममा उनले स्थानीय खेलाडीहरूसँग अन्तक्र्रियासमेत गरेका थिए।

मन्त्री पोखरेलसँगै उनका प्रमुख सल्लाहकार शैलेन्द्र झासहित मन्त्रालयको उच्चस्तरीय टोली पनि रङ्गशाला निरीक्षणमा सहभागी भएको छ।