आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई २ सय ६४ रनको लक्ष्य दिएको छ ।
ओमानविरुद्धको अर्धशतक: आईसीसीमा रोहितको २५ सय रन पूरा
ओमानको अल अमारात मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनायो ।
नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । ६७ बलको सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । यसअघि क्यानडाविरुद्धको खेलमा रोहितले शतक प्रहार गरेका थिए ।
सातौँ क्रममा क्रिजमा आएका करण केसीले विष्फोटक ब्याटिङ गरे । १६ बलमा ४० रन प्रहार गरेका उनी इनिङको अन्तिम बलमा रन आउट हुन पुगे । उनले ४९ औँ ओभरको दोस्रो, तेस्रो र चौथो बलमा उनले हस्नैन अलीलाई लगातार छक्का प्रहार गरे ।
त्यस्तै, अर्जुन कुमालले ५९ बलमा ४० रन जोडे । बसिर अहमद र डा. ईशान पाण्डेले समान ३७ रन बनाए । बलिङतर्फ ओमानका शाह फैसल, करण सोनावाले, शकील अहमदले समान दुई विकेट लिए भने हस्नैन शाहले एक विकेट झारे ।
