प्रधानमन्त्री वालेन्द्र शाह -बालेनले दशैंका अवसरमा नेपाल टेलिकमले इन्टरनेटका लागि ल्याएको अफर प्रचार गरेका छन्।
प्रधानमन्त्री शाहले आज शुक्रबार बिहान फेसबुकमा नेपाल टेलिकमले फेस्टिभ अफर भनेर ४ हजार ९९९ रुपैयाँमै वर्षभिर इन्टरनेट सेवा उपलब्ध गराउने जानकारी गराएका हुन्।
प्रधानमन्त्री शाहले फेसबुकमा राखेको पोस्टरमा लेखिएको छ, ‘बजेटमै फिट, स्पिडमा हिट! मात्र रु. ४,९९९ मा वर्षभरि इन्टरनेट!
अब किफायती बजेटमै पाउनुहोस् ३० एमबीपीएस इन्टरनेट! सेवा जडानका लागि १९८ मा फोन गर्नुहोस्।’
यसलाई नेपाल टेलिकमको विज्ञापनकै रुपमा हेरिएको छ । जसले गर्दा प्रधानमन्त्री बालेनलाई अधिकांशले धन्यवादसँगै अन्य सञ्चार कम्पनीकोभन्दा नेपाल टेलिकमकै सेवा प्रयोग गर्नेमा सर्वसाधारण हैसिएको देखिन्छ ।
