देव, रोहित र दीपेन्द्रको अर्धशतकमा नेपालद्धारा ओमानलाई २ सय ८१ रनको लक्ष्य

नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत ओमानलाई २ सय ८१ रनको लक्ष्य दिएको छ।

ओमानको मस्कटमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ८० रन बनाएको हो।

नेपालका देव खनाल , रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। रोहितले ८१ बलमा ८० रन जोडे। उनले २ चौका र २ छक्का प्रहार गरे। यो रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडीआई० क्रिकेटमा १४औँ अर्धशतक हो।

दीपेन्द्रले ६२ बलमा ६९ रन बनाए। उनको इनिङ्समा ३ चौका र ४ छक्का समावेश थियो। यो दीपेन्द्रको ओडीआईमा ११औँ अर्धशतक हो।

ओपनर देव खनालले ६५ बलमा ५७ रन बनाए। उनले ४ चौका र १ छक्का प्रहार गरे। यो चौथो ओडिआई अर्धशतक हो । ईशान पाण्डेले २९ रन जोडे।

बासिर अहमदले आक्रामक ब्याटिङ गर्दै ६ बलमा अविजित १७ रन बनाए। उनले २ चौका र १ छक्का प्रहार गरे। गुलशन झाले ५ तथा करण केसीले ९ रन बनाए।

ओमानका शाह फैसलले ५ , जय ओडेड्राले ३ र समाय श्रीवास्तवले २ विकेट लिए। लिग टु को शीर्ष ६ मा स्थान सुरक्षित गर्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ।