नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २७० रन बनाएपछि नेपाल १० रनले विजयी भएको छ।
अन्तिम ओभरसम्म प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाली बलरहरूले दबाब कायम राख्दै टोलीलाई जित दिलाएका हुन्। ब्याटिङतर्फ रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको योगदान नेपालको जितको मुख्य आधार बन्यो।
नेपालको यो जितले आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगितामा टोलीको मनोबल बढाएको छ। घरेलु टोली ओमानलाई उसकै मैदानमा हराउनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि बनेको छ।
नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत ओमानलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो ।
ओमानको मस्कटमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ८० रन बनाएको हो।
नेपालका देव खनाल , रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए। रोहितले ८१ बलमा ८० रन जोडे। उनले २ चौका र २ छक्का प्रहार गरे। यो रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा १४औँ अर्धशतक हो।
दीपेन्द्रले ६२ बलमा ६९ रन बनाए। उनको इनिङ्समा ३ चौका र ४ छक्का समावेश थियो। यो दीपेन्द्रको ओडीआईमा ११औँ अर्धशतक हो।
ओपनर देव खनालले ६५ बलमा ५७ रन बनाए। उनले ४ चौका र १ छक्का प्रहार गरे। यो चौथो ओडिआई अर्धशतक हो । ईशान पाण्डेले २९ रन जोडे।
बासिर अहमदले आक्रामक ब्याटिङ गर्दै ६ बलमा अविजित १७ रन बनाए। उनले २ चौका र १ छक्का प्रहार गरे। गुलशन झाले ५ तथा करण केसीले ९ रन बनाए।
ओमानका शाह फैसलले ५ , जय ओडेड्राले ३ र समाय श्रीवास्तवले २ विकेट लिए। लिग टु को शीर्ष ६ मा स्थान सुरक्षित गर्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब रहेर नेपाल बिजयी भई छैैटौं स्थानमा पुग्यो ।
