‘ट्रम्पको हातको औजार’ नबन्न इराकलाई इरानको अभिव्यक्ति

फुवाद हुसेनले इरान र इराकबिचको वार्षिक व्यापार १५ देखि १८ अर्ब डलर रहेको छ।

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका सल्लाहकार मोहम्मद मुखाबरले इराकलाई ‘ट्रम्पको हातको औजार’ नबन्न चेतावनी दिएका छन्।

मुखाबरले सामाजिक सञ्जाल एक्समार्फत उक्त चेतावनी दिएका हुन्।

अमेरिकाको दबाबपछि इराकले इरानसँगका धेरै सीमा नाका बन्द गरेको रिपोर्ट आएपछि उक्त अभिव्यक्ति आएको हो।

करिब तीन हप्ताअघि इराकका विदेशमन्त्री फुवाद हुसेनले अल जजिरालाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘अमेरिकी वित्त विभागले बगदादलाई इरानसँगका सबै सीमा नाका बन्द गर्न औपचारिक रूपमा अनुरोध गरेको थियो। केवल दुईवटा नाका खुला राख्न भनिएको थियो।’

फुवाद हुसेनले इरान र इराकबिचको वार्षिक व्यापार १५ देखि १८ अर्ब डलर रहेको बताएका छन्।

उनले चेतावनी दिँदै भनेका थिए, ‘सीमा नाकाहरू बन्द गर्दा इराकमा गम्भीर आर्थिक प्रभाव पर्न सक्छ।’

अमेरिकाले जुलाईदेखि इरानी बन्दरगाहहरूको समुद्री नाकाबन्दी पुन: सुरु गरेको छ। इरानको भूमि सिमाना र क्यास्पियन सागर हुँदै हतियार र तस्करीका सामान ओसारपसार सीमित गर्ने उद्देश्यले यस महिना एक विशेष कार्यदल गठनको घोषणा पनि गरेको छ।

इरानी बन्दरगाहहरूमा नाकाबन्दीले छिमेकी देशहरूसँगको इरानको भूमि सिमानाको महत्त्व बढाएको छ। यी मार्गहरूले सामानको आपूर्ति कायम राख्न र व्यावसायिक गतिविधिहरू निरन्तरता दिन मद्दत गर्छन्।