आजपनि विभिन्न स्थानमा भारी वर्षा ,सचेतना अपनाउनुपर्ने

मौसम पूर्वानुमान महाशाखाले आज साउन १७, शनिबारको सम्भावित वर्षाबारे जानकारी दिएको छ।

महाशाखाले बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार,

आज दिउँसो देशभर साधारणतया बदली ९आकाशभरि बादल० रहनेछ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडका धेरै स्थान तथा तराई भूभागका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पनि सम्भावना छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा पनि सम्भावना छ।

मौसम महाशाखाले यहाँ ुदिउँसोु दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ुरातिु रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।

आजको मौसम अनुसार सबैले सचेतना अपनाउनुपर्ने मौसम महाशाखाले जनाएको छ ।