आज पनि व्यापक वर्षा हुने भएकाले सचेत रहन आग्रह

आज साउन १९, सोमबार दिउँसो र राति पनि देशभर विभिन्न स्थानमा पानी पर्ने तथा केही ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो : देशभर साधारणतया बदली ९आकाशभरि बादल० रहनेछ। सबै प्रदेशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेशका र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ।

मौसम महाशाखाका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईनजिक रहेकाले देशभर मनसुन सक्रिय छ। यसैकारण मौसम बदली र वर्षा हुने क्रम ह्वात्तै बढेको हो।


आजपनि व्यापक वर्षा हुने भएकाले महाशाखाले सबैलाई सचेत रहन आग्रह गरेको छ ।