नासाले मंगल ग्रहमा योद्धाको हेल्मेटजस्तो अनौठो वस्तु भेट्टायो

नासाको पर्सिभेरन्स रोभरले मंगल ग्रहको सतहमा एउटा अनौठो ज्वालामुखी आकारको ढुङ्गा भेटेको छ, जसको स्वरूप पुरानो युद्धमा प्रयोग गरिने हेलमेटझैँ देखिन्छ। यो ढुङ्गाको तस्वीर २०२५ अगस्ट ५ मा रोभरको मास्टक्याम-जेड उपकरणले कैद गरेको हो।

यसमा टुप्पो चुच्चो आकार र खाल्टाखुल्टी भएको सतहयुक्त छ जसले शताब्दीअघिको कवचको स्मरण गराउँछ। पृथ्वीमा यस्ता बनावट रासायनिक क्षय, खनिजको वर्षा वा ज्वालामुखीय प्रक्रियाबाट बन्न सक्छन्। पर्सिभेरन्सले २०२५ मार्चमा पनि यस्तै ढुङ्गा फेला पारेको थियो।

वैज्ञानिकहरूलाई विशेष ती साना गोलाकार संरचनाले तानेको छ। “यो टोपीजस्तो देखिने ढुङ्गा स्फेरुल्सबाट बनेको छ। यसको नाम हर्निफ्लाइया राखिएको छ। यसको आकारभन्दा बढी रोचक कुरा भनेको यो लगभग पूर्ण रूपमा त्यस्ता गोलाकार संरचनाबाट बनेको हो,” नासाको जेट प्रपल्सन ल्याबोरेटरीका पर्सिभेरन्स टोलीका प्रवक्ता डेभिड एगलले बताए।

स्पेस डटकमका अनुसार वैज्ञानिकहरूको अनुमानमा मंगल ग्रहका केही ढुङ्गामा यी गोलाकार संरचना जमीनभित्रको पानी सेडिमेन्ट्री चट्टानभित्रका स(साना प्वाल हुँदै बग्यो। तर सबै यस्तै बने कि बनेनन् भन्ने कुरा अझै स्पष्ट छैन। यसबारे बुझ्न पर्सिभेरन्सको वैज्ञानिक टोलीले थप ढुङ्गा अध्ययन गर्नुपर्नेछ।

मास्टक्याम(जेड रोभरको टाउकोजस्तो आकारमा जडित दुईवटा जुम गर्न सक्ने क्यामेरा हो। यसले वैज्ञानिकलाई उच्च–रेजोल्युसनका तस्बिर लिन र टाढैबाट “हेलमेट आकारको ढुङ्गा” जस्ता असामान्य ढाँचाहरू चिन्हित गर्न मद्दत गर्छ।

पर्सिभेरन्सले मंगलमा डोनटजस्ता उल्का, एभोकाडोजस्ता ढुङ्गादेखि अनौठा ढाँचाका धेरै ढुङ्गा भेटिसकेको छ। यस्ता तस्बिरलाई प्यारेइडोलिया भनिने घटनाको उदाहरण मानिन्छ, जसमा मानवीय दिमागले यादृच्छिक आकृतिमा परिचित ढाँचा खोज्ने प्रवृत्ति देखाउँछ — जस्तै बादलमा अनुहार देख्ने, चन्द्रमामा खरायो देख्ने, वा मंगलमा मध्ययुगीन हेलमेट देख्ने।

हाललाई यो हेलमेटजस्तो ढुङ्गा मंगल ग्रहको इतिहासको आकर्षक झलक बनेको छ। यस्ता संरचनाले वैज्ञानिकलाई मंगलको वातावरणीय इतिहास जोड्न मद्दत गर्छ, जसमा हावा, पानी र आन्तरिक प्रक्रियाले अर्बौं वर्षमा सतहलाई कसरी रूपान्तरण गरे भन्ने देखाउँछ।

पर्सिभेरन्स अहिले जेजेरो क्रेटरको उत्तरतिरको किनार अन्वेषण गरिरहेको छ। यसले गत वर्षको अन्त्यतिर “लूकआउट हिल” भनिने भागमा कठिन आरोहण सफलतापूर्वक पूरा गरेको थियो।

 

टेक्नोलोजिखबरबाट साभार