विभिन्न बाहानामा गोविन्द केसी फेरी सत्याग्रह सुरु गर्ने

प्रा.डा.गोविन्द केसीले यही भदौ १५ गते आइतबारदेखि सत्याग्रह सुरु गर्ने भएका छन् ।

मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रहलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले पुनस् सुरु गर्ने घोषणा गरेका छन् ।

सरकारले हालै निजी मेडिकल कलेजहरुमा सिट बढाउने निर्णय गरेको थियो । उक्त निर्णय फिर्ता लिन माग गर्दै आएका केसीले फिर्ता नभएपछि सत्याग्रह गर्न लागेका हुन् ।

सरकारी कलेजमा सिट बढाउनु पर्नेमा निजीमा बढाइएको भन्दै सरकारको निर्णयको आलोचना भइरहेको छ ।