चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता भएको छ ।
उहाँहरूबीच आइतबार थियानजिनमा भेटवार्ता भएको हो।
भेटको तस्बिर मोदीले आफ्नो ट्विटर (एक्स) मार्फत सार्वजनिक गर्नुभएको छ ।
भेटबारे मोदीले लेख्नुभएको छ, ‘थियान जिनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्दा खुसी लाग्यो। भारत र नेपालको सम्बन्ध गहिरो र अत्यन्त विशेष छ।’
यसअघि प्रधानमन्त्री ओलीले भियतनामका प्रधानमन्त्री र हिजो शनिबार सी चिनफिङसँग दुईपक्षीय भेटवार्ता गर्नुभएको छ ।