आज पनि मुलुकका विभिन्न स्थानमा पानी पर्ने क्रम जारी

देशका विभिन्न स्थानमा वर्षा हुने क्रम जारी छ।

यस क्रममा आज दिउँसो र राति पनि पानी पर्ने क्रम जारी रहने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार,

आज दिउँसो : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति : देशभर साधारणतया बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाड भूभागका थोरै स्थान र बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मौसम महाशाखाले यहाँ दिउँसोु शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र राति शब्द रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो।