महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार आज सबै प्रदशमा पानी पर्ने भएको छ ।
आज दिउँसो : देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राति : देशभर साधारणतया बदली रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।