नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ ।
आज बुधबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। यी सबै मुद्राको विनियमदर हिजो घटेको थियो ।
आज अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १३५ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३६ पैसा थियो ।
गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
त्यसैगरि आज युरो १ को खरिददर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा छ। हिजो युरो १ को खरिददर १५४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६९ पैसा थियो।
त्यस्तै आज पाउन्ड १ को खरिददर १८२ रुपैयाँ २५ पैसा र बिक्रीदर १८३ रुपैयाँ ०५ पैसा छ। हिजो पाउन्ड १ को खरिददर १८१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८१ रुपैयाँ ८५ पैसा थियो।
त्यसैगरि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५१ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा थियो।
त्यसैगरि कुबेती दिनार १ को खरिददर ४४४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४७ पैसा थियो।
आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७१ पैसा छ। हिजो बहराइन दिनार १ को खरिददर ३६० रुपैयाँ १४ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ७४ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् राष्ट्र बैंकले निर्धारण गरेको सबै मुद्राको विनिमय दर