प्रधानमन्त्री सुशीला कार्कीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पूर्वप्रधानमन्त्रीहरूमध्ये डा. बाबुराम भट्टराई मात्रै सहभागी भई बधाई दिएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको शपथमा पूर्वप्रधानमन्त्रीहरू पनि सहभागी हुने चलन छ।
यसअघिका प्रधानमन्त्रीको शपथमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीदेखि सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत सहभागी हुने प्रचलन थियो।
त्यस्तै निवर्तमान प्रधानमन्त्री नयाँ प्रधानमन्त्रीबीच कुर्सी हस्तान्तरण गर्ने चलन पनि थियो।
तर यसपटक निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल र माधवकुमार नेपाल भने पुगेनन्।
जेन-जीको आन्दोलनमा आफ्नी श्रीमती घाइते भएपछि खनाल उनको उपचारमा व्यस्त छन् भने अन्य प्रधानमन्त्री नेपाली सेनाको सुरक्षामा छन्। उनीहरू ४ दिनदेखि सार्वजनिक भएका छैनन्।
प्रधानमन्त्री कार्कीको पहिलो निर्णय संसद् विघटन, राष्ट्रपतिद्धारा सदर