जेन-जी आन्दोलनका घाइते भेट्न प्रधानमन्त्री कार्की ट्रमा सेन्टरमा

नेपालको अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की हालै भएको जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूको स्वास्थ्य अवस्था बुझ्न आज शनिबार राष्ट्रिय ट्रमा सेन्टर पुगेकी छन्।

अस्पताल पुगेर उनले घाइतेहरूको उपचारको बारेमा जानकारी लिनुका साथै उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेकी हुन्। जेनजी आन्दोलनका क्रममा भएको हिंसा र झडपमा परी सयौँ प्रदर्शनकारी घाइते भएका थिए।

सुशीला कार्कीप्रति जनअपेक्षा : देशले अब आमा पायो’

उनी त्यसपछि सिभिल अस्पताल र अन्य हस्पिटलमा पुगेकी हुन् ।