रास्वपाका सभापति रवि नख्खु कारागार फर्किए-भिडियो सन्देश सहित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुनः ललितपुरको नख्खु कारागार फर्किएका छन्।

जेन-जी आन्दोलनका क्रममा आफूलाई कारागार प्रशासनले सुरक्षा दिन नसक्ने भन्दै पठाएको दाबी उनले गरेको भए पनि विवादमा परेका थिए।

उनले सार्वजनिक गरेको कारागारको प्रत्रमा धेरैले आशंका गरेका थिए। कारागार प्रशासनले पनि त्यस्तो कुनै पत्र आफूहरुले रविलाई नदिएको बताएको थियो।

जेनजी आन्दोलनको नाममा रवि समर्थकले कारागारमा दवाव बढाएर निस्किएको र उनी निस्केपछि देशभरीका कैदी निस्कने होड चलेको भन्दै आलोचना भएको थियो।

रविले कारागार जानुअघि एक भिडिओ सन्देश जारी गर्दै न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बनेकाले आफूमाथि अब अन्याय नहुने विश्वासहित कारागार जान लागेको बताएका थिए।

आफूलाई बधाइभन्दा पनि जिम्मेवारी सकिएपछि मूल्यांकन होस् : प्रधानमन्त्री कार्की

‘पछिल्लो सरकारले म माथि चरम राजनीतिक प्रतिशोध साधेर मेरो जिना हराम गरेको थियो,’ उनले भनेका छन्, ‘आज यस देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति स्वयं प्रधानमन्त्री बन्नुभएको छ। अब चाहिँ अन्याय हुन्न भन्ने आशा सहित म कारागार जाँदैछु।’

रवीको बोली-भिडियोमा