सिंहदरबार गेटमा धर्ना दिएका जेन-जी आन्दोलनका क्रममा घाइत भएकाहरू अहिले गृहमन्त्रालय प्रवेश गरेका छन् । सिंहदरबारमा धर्ना दिएकाहरु प्रहरीले भित्र जाने अनुमति दिएपछि घाइतेहरु गृहमन्त्रालय पुगेका हुन् ।
उनीहरू प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन सिंहदरबारभित्र प्रवेश गर्न खोजेका थिए । तर प्रधानमन्त्री व्यस्त भएको खबर पाएपछि गृहमन्त्रालय पुगेर गृहमन्त्रीलाई कुरेर बसेका हुन् ।
केहिबेर अघि भित्र प्रवेश गर्न नपाएपछि उनिहरु सिंहदरबारकै दक्षिण गेटमा धर्नामा बसेका थिए । अहिले गृहमन्त्रालय पुगेका हुन् ।
प्रधानमन्त्री भेट्न नपाएपछि सिंहदरबार गेटमा जेन-जी आन्दोलनका घाइतेहरूको धर्ना
