मधेश प्रदेशमा सरकार विस्तारको तयारी भइरहेका बेल सर्लाहिका प्रदेश सभा सदस्य जवाहरलाल कुशवाहालाई मन्त्री बन्न नेकपा माअेवादी केन्द्रका कार्यकर्ताहले दबाब दिएका छन् ।
माओवादी केन्द्रका कार्यकर्ताहरुका साथै स्थानिय समर्थकहरुले कुशवाहालाई मन्त्री बनाउँदै प्रदेश सरकारमा राजनीतिक सशक्त हुनुपर्नेमा जोड छ ।
योगेन्द्र यादवद्वारा मधेश नेतृत्वका दाबेदार बहिष्कार
जनमत पार्टीको नेतृत्वमा रहेको सरकार ढलेपछि नयाँ सरकार विस्तारको क्रममा मधेश प्रदेशमा सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा क का प्रदेश सभा सदस्य कुशवाहलाई कुनै पनि हालतमा मन्त्री बन्न आग्रह सहित सिफारिस गरिएको छ ।
एक कुशल शैक्षिक अभियन्ता तथा इमान्दार मानिस कुशवाहलाई मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल नेतृत्वको वर्तमान मधेश प्रदेश सरकारमा महत्वपूर्ण मन्त्तालय उपलब्ध गराएर जनताको सेवा गर्ने अवसर प्रदान गर्न आग्रह समेत गरिएको छ ।
