बहुप्रतिक्षित नेपाल प्रिमियर लिग एनपिएलको दोस्रो संस्करण आजद सुरु हुँदैछ। एनपिएलको उद्घाटन प्रधानमन्त्री सुशीला कार्कीले उद्घाटन गरेकी छिन्।
टियु रंगशालाको सुरक्षा व्यवस्था हाई अलर्टमा रहेको नेपाल क्रिकेट संघ क्यानका प्रवक्ता छुम्पी लामाले जानकारी गराए।
उनले आज नेपाल प्रहरी १ हजार ९ सय, सश्स्त्र प्रहरी २ सय ५० तथा प्रइभेट सेक्युरिटी र स्वयमसेवक गरी करिब ४ सय परिचालन गरिएको जानकारी दिए।
दबदबा र बदलाको लक्ष्यमा जनकपुर र काठमाडौं
जसले गर्दा सुरक्षा कर्मीहरूको बाक्लो उपस्थिति रहेको छ। पहिलो पटक पाराफिटमा बसेर दर्शकहरुले क्रिकेट हेर्न पाउँदैछन्। जहाँ जोन र गेट पनि छुट्टाइएको छ। खल्तीबाट अनलाईन टिकट किनेकाहरुको लागि अलग अलग काउन्टर राखिएको छ। जसले गर्दा टिकट खरिद र मैदान प्रवेश सहज बनेको छ।
टियु क्रिकेट मैदानमा पहिलो पटक आज फ्लड लाइटमा खेल हुँदैछ। जहाँ एनपिएलको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सको सामना काठमाडौं गोर्खाजले गर्दैछ। उद्घाटन अघि हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो।
