आज जेठ १५ : आर्थिक वर्ष २०८२/०८३ को बजेट

सरकारले आगामी आर्थिक वर्षको बजेट आज बिहिबार सार्वजनिक गर्दैछ।

बिहीबार दिउँसो तीनबजे बस्ने संसद्का दुवै सदनको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्दै हुनुहुन्छ ।

नेपालको संविधानको धारा ११९ मा प्रत्येक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ। यस वर्ष सरकारले झण्डै २० खर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ।

सोही व्यवस्था बमोजिम अर्थमन्त्रीले आव २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्काले जनाएको छ ।

दिउँसो ३ बजे बजेट आउने भएकाले २ः४५ मै उपस्थित हुन सांसदहरुलाई आग्रह समेत गरिएको छ ।