गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि माओवादी : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि गणतन्त्रको जननी शक्ति बलियो हुनुपर्ने बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रण्डचले गणतन्त्रलाई थप बलियो बनाउँदै गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता भएकोमा जोड दिनुभएको छ ।

‘गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि गणतन्त्रको जननी शक्तिलाई थप बलियो बनाउँदै गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता हो,’ प्रचण्डको भनाई छ ।