विद्युतीय कारमा कर बढ्ने व्यापक हल्लाबीच सरकारले सबै प्रकारका विद्युतीय कारमा लाग्ने कर यथावत राखेको हो। व्यवसायीहरुले कर बढ्ने हल्लासँगै ठूलो संख्यामा विद्युतीय कार आयात गरेका थिए।
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बठकमा बजेटसँगै प्रस्तुत भएको आर्थिक ऐनमार्फत विद्युतीय सवारीको कर यथावत राख्नुभएको हो ।