नेकपा (एमाले)को १९ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला निर्वाचित भएका छन्।
महासचिवमा विजयी पोखरेलले सबैसँग मिलेर काम गर्ने दाबी
एमाले केन्द्रीय निर्वाचन आयोगले आज बिहीबार सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार, सचिवमा पद्मा अर्याल निर्वाचित भएकी हुन्। उनले १ हजार ५३० मत पाइन्।
एमाले सचिवमा २० जनाले प्रतिस्पर्धा गरेका थिए। जसमा अर्याल दोस्रो नम्बरमा रहँदै सचिव निर्वाचित भएकी हुन्।
सचिवमा तीन जना महिलाले प्रतिस्पर्धा गरेका थिए। रचना खड्का र पेम्बा लामा पराजित भए। खड्काले ८७७ र पेम्बाले ४९३ मत पाइन्। पहिलो नम्बरमा रहेका महेश वस्नेतले सबैभन्दा धेरै मत ल्याए । सचिव पदमा अत्यधिक मतका साथ महेश बस्नेत विजयी भएका छन्। उनले सर्वाधिक १५४४ मत प्राप्त गरे ।
बस्नेतसहित सचिवमा नौ जना विजयी भएका छन् । पद्माकुमारी अर्यालले १५३०, छविलाल विश्वकर्माले १५०६, शेरधन राईले १५०३, हिक्मतकुमार कार्कीले १३३७, खगराज अधिकारीले १२३१, यामलाल कंडेलले ११८५, राजन भट्टराईले ११८१, भानुभक्त ढकालले ११०८ मतसहित सचिव पदमा निर्वाचित भएका हुन्।
फोटो-शिलापत्रबाट
