‘बा’ प्रशंसामा रमाइरहेका सरकार प्रमुख केपी शर्मामाथि लाग्ने गरेको एउटा आरोप हो – आलोचना नस्वीकार्ने, आत्मालोचना नगर्ने ।
आलोचनाकलाई भित्तामै पुर्याउने प्रधानमन्त्री ओली सरकारले पछिल्लो नौ महिनामा प्रख्यात सामाजिक सञ्जाल प्लाटफर्म टिकटकबाट दुई लाख बढी प्रतिकूल भिडियोहरू हटाएको पाइएको छ । अर्थात सरकारले प्रतिदिन औसत ७४० का भिडियो हटाउँदै आएको छ ।
सरकारको आलोचना गरेर बनाइएका भिडियो सरकारकै सिफारिसमा टिकटकले हटाउँदै आएको सञ्चार मन्त्रालयले जनाएको छ । टिकटक नेपालमा दर्ता भए यता झण्डै ३० भिडियो उडाइएको छ अर्थात हेर्न नमिल्ने बनाइएको छ । तीमध्ये अश्लिल, कम्युनिटी गाइडलाइन्सका कारण २८ लाख भिडियो हटाइएका हुन् भने बाँकी २ लाख सरकार बिरोधी प्रकृतिका छन् ।
यसरी हेर्दा दैनिक ७४०, मासिक २२ हजार २ सय २२ र नौं महिनामा २ लाख टिकटक भिडियो हटाइएका हुन् । तीस लाख भिडियो मध्ये ६ प्रतिशत सरकार बिरोधी थिए । ०८१ भदौमा सरकारले विभिन्न शर्त अघि सारेपछि गत बर्ष कार्तिकमा टिकटक सूचीकृत भएको थियो ।
सरकारले भन्नासाथ आपत्तिजनक सामग्री हटाउने प्रतिवद्धता बमोजिम उक्त कम्पनीले नेपालमै प्रतिनिधि राखेर भिडियोहरू रिभ्यु गरिरहेको छ ।
नेपालको कर प्रणालीमा टिकटक ०७९ सालमै दर्ता भएर भ्याटसमेत बुझाएको छ । आधिकारिक रुपमा टिकटक दर्ता भएपछि कति राजश्व प्राप्त भयो भनेर सोधखोज गर्दा राजश्व, राष्ट्रबैंकका कर्मचारीले कुनै प्रतिक्रिया जनाएनन् ।
सञ्चार मन्त्रालयमा सूचीकृत हुने टिकटक तेस्रो सामाजिक सञ्जाल हो । फेसबुकले भने दर्ता हुन टेरेको छैन ।