संघीय संसदका सदस्यहरुद्वारा चित्लाङस्थित मदन भण्डारी विश्वविद्यालयको अवलोकन

संघीय संसद प्रतिनिधि सभाका सदस्यहरुद्वारा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको अवलोकन भएको छ ।

अवोलोकनमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका अम्मर बहादुर थापा सहित देवेन्द्र पौडेल, छविलाल बिश्वकर्मा, महेन्द्र कुमार राय, राम प्रकाश चौधरी, सरिता भुषाल, तथा ज्ञानु बस्नेत सुबेदीले हिजो शुक्रबार र आज शनिबार चित्लाङस्थित मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थलगत अवलोकन तथा विद्यार्थी एवं प्राध्यापकहरूसँग अन्तरक्रिया गर्नुभयो।

उक्त भ्रमणका क्रममा  सदस्यहरूले डिजिटल प्रविधि, च्याउ, प्लान्ट प्याथोलोजी, जैविक तथा प्राकृतिक स्रोतसाधन, तथा दिगो तथा लचिलो पूर्वाधार सम्बन्धी अनुसन्धान प्रयोगशालाहरूको अवलोकन गर्नुका साथै सम्बन्धित बिषयको अनुसन्धान गतिविधिबारे जानकारी लिनुभयो।