राजावादीको विरुद्ध कांग्रेसले जनसभा गर्दै : दुख्ख जनतालाई

सत्तारुढ दल नेपाली कांग्रेसले गणतन्त्रको पक्षमा जनसभा गर्ने भएको छ । बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी बैठकले राजावादीहरुलाई उपयुक्त जवाफ दिन सभा आयोजना गर्ने निर्णय गरिएको छ ।

सभाको मिति र स्थान भने केही दिनमा घोषणा हुने पार्टी प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकमा सभापति शेरबहादुर देउवाले राजावादीहरु गम्भीर ढंगले अघि बढेको भन्दै चासो व्यक्त गरेको बताइन्छ ।

‘हिजो संवैधानिक राजा मान्दा पटकपटक धोका भयो, अब फेरि कांग्रेस धोका खाने पक्षमा छैन’, छलफलको निष्कर्ष सुनाउँदै उहाँले भन्नुभयो, ‘धर्म र संस्कृति संरक्षण गर्ने कुरा संविधानमा पनि लेखिएको छ, त्यो विषयमा छलफल गर्न सकिन्छ ।’

पूर्व अर्थमन्त्री महतले कोही संविधानविपरित अघि बढ्दा सरकारले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो ।

‘यो कसैले दिएको संविधान होइन, नेपाली जनताले आफैं निर्माण गरेको हो, संविधानको घेरा गैर संवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित हो, यसमा सम्बन्धित पक्षले गम्भीरताका साथ लिनुपर्छ’, उहाँको निश्कर्ष छ । सबै पार्टी प्रदर्शन गर्दै गर्दा दुख्ख सर्वसाधारणलाई भएको छ । त्यसैले जसले आफ्नो स्वार्थको लागि (निर्वाचन सहित) सडक प्रदर्शन गर्छ भने कम्तिमा ५ लाखदेखि १० लाख रुपैयाँसम्म सरकारलाई कर बुझाउने नियम ल्याउन आवश्यक रहेको अर्थ राजनीतिज्ञहरुले बताएका छन् ।