बाजुराको बुढीगंगा नगरपालिका(८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ ।
बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आज शुक्रबार भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
आगलागी निभाउने कार्य जारी छ ।
त्यस क्षेत्रमा एक लाइनमा करिब ३०३५ पसल थिए । आगलागीमा मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको प्रहरीले जनाएको छ ।
