भेरी नदीमा पौडी खेल्दा २ जनाको ज्यान गयो, अर्का १ बेपत्ता

  • Clock icon
    २०८२ जेष्ठ २३, शुक्रबार

जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ ।

भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्त शर्माले बताउनुभयो । १२ वर्षीया आशा कुसारी अझै बेपत्ता छन् ।

बेपत्ताको खोजी जारी छ । आज दिउँसो २ बजे भेरीमा पौडी खेल्ने क्रममा उनीहरु भेरीमा बेपत्ता भएका हुन् ।

जाजरकोट तर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको जाजरकोटका डिएसपी शर्माले जानकारी दिए। आशा र महेश एकै घरका दिदी भाइ हुन् ।

 

  • Clock icon
    २०८२ जेष्ठ २३, शुक्रबार