नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई चीनले बधाई दिएको छ।
बालेनलाई बधाई दिँदै नरेन्द्र मोदीले भने : नजिकबाट सहकार्य गर्न उत्सुक छु
चीन सरकारले एक औपचारिक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहलाई बधाई दिएको हो। चीनले प्रधानमन्त्री शाहको कार्यकालको सफलताका लागि शुभकामनासमेत दिएको छ।
नेपालसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै द्विपक्षीय हितका क्षेत्रमा व्यावहारिक सहयोग विस्तार गर्न चाहेको शुभकामना चीनको सन्देशमा उल्लेख छ।
यसअघि भारत, पाकिस्तान र जापानले पनि प्रधानमन्त्री शाहलाई बधाई दिएका थिए।
