सरकारको प्रवक्ता सञ्चारमन्त्री नरहेर अब शिक्षामन्त्री

  • Clock icon
    २०८२ चैत्र १३, शुक्रबार

सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले पाएका छन्।

आज शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री पोखरेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो।

पोखरेल फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए।

यसअघि सञ्चारमन्त्रीलाई सरकारको प्रवक्ता बनाउने प्रचलन थियो।