सरकारले भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनबारे छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ।
कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन हुने
शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्की आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
– २०८२ भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन तथा यसअघिका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात(अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली अर्पण गर्ने।
– नेपाल सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई तोक्ने।
– २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरी बहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने।
– आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिको सिफारिस बमोजिम गर्ने। अन्यको हकमा आयोगको सिफारिसलाई तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने (यसको जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको छ)।
