पूर्वप्रधामन्त्री केपी शर्मा ओली पनि आजै विहानै पक्राउ परेका छन्।
केहीबेरअघि उनी भक्तपुरको गुण्डुस्थित निवासबाटै पक्राउ परेका हुन्।
प्रहरीले निवासबाटै उनलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय काठमाडौँ लगेको छ।
एमाले अध्यक्षसमेत रहेका ओलीलाई पक्राउ गर्न गुण्डुमा रातभरी प्रहरी तैनाथ थियो। प्रहरीकै गाडीमा ओलीलाई राखेर लगिएको हो।
प्रहरीले पक्राउको तयारी गरिरहँदा गुण्डुमा ओलीको समर्थनमा व्यापक नाराबाजी भएको थियो। राष्ट्रिय सभा सदस्य रामकुमारी झाक्री सहितका नेताहरू अहिले गुण्डुमै छन्।
प्रधानमन्त्रीमा बालेन्द्र शाह (बालेन) को पदबहालीपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
बालेन सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार जनाविरुद्ध तत्काल कारबाही अगाडि बढाउने तयारी गरेको छ।
ओली सरकारकै गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालको हकमा प्रतिवेदन कार्यान्वयन गर्न सरकारले सम्बन्धित निकायमा लेखि पठाउने निर्णय गरेको थियो।
सोही अनुसार सबै प्रक्रिया पुर्याएर ओलीलाई प्रहरीले पक्राउ गरेको हो।
पूर्वगृहमन्त्री रमेश लेखक आज विहानै पक्राउ
