ओली र लेखक पक्राउ पछि दशले नयाँ दिशा लिने गृहमन्त्री गुरुङको दाबी

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा -आयो गोर्खालीु भनेर लेखेका छन्।

ओली पक्राउ
आज शनिबार बिहान दुई नेतालाई प्रहरीले नियन्त्रणमा लिएलगत्तै गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो लेखेका हुन् ।

अर्को एक पोस्टमा उनले लेखेका छन् -‘कानुनभन्दा माथि कोही छैन। पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो।मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।’