ओली र लेखक भद्रकाली स्थित जिल्ला प्रहरी परिसरमा

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

नयाँ दिशा लिने

आज शनिबार बिहान भक्तपुरबाट पक्राउ गरेर दुवै जनालाई परिसरमा लगिएको हो ।

दुवै जनालाई परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए । ओलीलाई प्रहरीले गुण्डुबाट र लेखकलाई कटुन्जेबाट पक्राउ गरेको हो ।

भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्व प्रधानमन्त्री केपी ओली र रमेश लेखक सहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

हिजो शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओली र लेखकलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्री सुधन गुरुङले रातभर आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसँग उनीहरूलाई पक्राउ गर्नेबारे छलफल गरेका थिए । छलफलपछि आज शनिबार बिहान दुवैजना पक्राउ परेका हुन् ।