नेकपा एमाले सचिवालयको आकस्मिक बैठक बसेको छ । बैठक पार्टी मुख्यालय च्यासलमा बसेको हो ।
पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउ परेपछि आकस्मिक बैठक बोलाइएको थियो ।
एमाले नेताहरुले अहिलेको सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै यसको प्रतिवाद गर्ने बताएका छन् । पार्टीले राजनीतिक प्रतिवाद गर्ने र कानुनी लडाईं लड्ने नेताहरुको भनाइ छ ।
यता, ओली पक्राउको विरोधमा काठमाडौंका विभिन्न स्थानमा कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । सचिवालय बैठक जारी रहेका बेला एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहिल क्षेत्रमा एमाले कार्यकर्ताहरू सडक प्रदर्शन गरिरहेका छन् ।
