खगोलविद्ले पत्ता लगाए सबैभन्दा शक्तिशाली विस्फोट

खगोलविद्ले पत्ता लगाए सबैभन्दा शक्तिशाली विस्फोट पत्ता लगाएका छन् ।

हवाई विश्वविद्यालयको खगोल विज्ञान संस्थानका खगोलविद्हरूले बिग ब्याङ्ग पछि अवलोकन गरिएका सबैभन्दा ऊर्जावान घटनाहरूलाई मार्क गर्दै “एक्सट्रिम न्यूक्लियर ट्रान्जियण्ट” (ईएनटी) भनिने कस्मिक एक्सप्लोजन (ब्रह्माण्डीय विस्फोटहरू)को एक नयाँ वर्ग पहिचान गरेका छन्।

हाम्रो सूर्यको द्रव्यमानको कम्तिमा तीन गुणा विशाल ताराहरू टाढाका आकाशगंगाहरूको केन्द्रहरूमा सुपरमासिभ ब्ल्याक होलहरूद्वारा टुक्राटुक्रा हुँदा यी घटनाहरू हुने उल्लेख गरिएको छ।

परिणामस्वरूप विस्फोटहरूले १०० सूर्यहरूले आफ्नो सम्पूर्ण जीवनकालमा उत्सर्जन गर्ने बराबर ऊर्जा निस्कासन गर्ने र जसले तिनीहरूलाई विशाल ब्रह्माण्डीय दूरीहरूमा भिजिबल (देख्न सकिने) बनाउने बताइएको छ।

यो खोजले ब्रह्माण्डमा ताराहरू र ब्ल्याक होलहरू बीचको गतिशील अन्तरक्रियामा नयाँ अन्तर्दृष्टि प्रदान गर्दछ।