हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको हिमाली भू–भाग लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।
यस्तै, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै सबै प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
यस्तै, आज राती सबै प्रदेशको हिमाली भू–भाग लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।
गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ
