महामन्त्रीको उम्मेदवारी जगदीश खरेलद्धारा फिर्ता

जगदीश खरेलले रास्वपा महामन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्।

चुनाव हुनुअघि शुक्रबार बिहान उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिइएको घोषणा गरेका हुन्।

उनले लेखेका छन्, ‘सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु। लामो बाटो तय गर्नुछ..।’