विश्वकप फुटबल अन्तर्गत भर्खरै सकिएको समूह ‘डी’को खेलमा पाराग्वे र अस्ट्रेलियाले गोलरहित बराबरी खेलका छन्।
सान फ्रान्सिस्को स्टेडियममा भएको खेलमा दुवै टोलीले गोल गर्न सकेनन्।
तर गोल विहीन बने पनि अस्ट्रेलिया समूह ‘डी’को उपविजेता हुँदै नकआउट चरणमा प्रवेश गरिसकेको छ।
यो समूहबाट ६ अंकसहित अमेरिका विजेता र अस्ट्रेलिया उपविजेता हुँदै नकआउट चरणमा गएका छन्।
