समसामयिक राजनीतिकबारे कुरा गर्न माधव र प्रचण्ड विराटनगरस्थित कोइराला निवास

नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजकसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल कोइराला निवास पुगेका छन्।

संयोजक प्रचण्ड र सहसंयोजक नेपाल आज बिहान विराटनगरस्थित कोइराला निवास पुगेका हुन्।

उनीहरूले नेता शेखर कोइरालासँग भेटवार्ता पनि गरेका छन्।

कोइराला निवासमा उहाँहरूबीच देशको समसामयिक राजनीतिक विषयमा कुराकानी भएको हो ।