स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्ति

विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपति नियुक्तिका लागि अन्तर्वार्तामा छनोट भएका उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बनाएको सिफारिस समितिले हिजो आइतबार एक सूचना जारी गर्दै ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका ७-७ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो।

मन्त्रालयले कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त उपकुलपतिका लागि जेठ ४ गते आवेदन माग गरेको थियो।

अल्पसूचीमा छनोट भएकाहरूको भोली असार १६ र पर्सी असार१७ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता हुने सूचनामा उल्लेख छ।