साताको पहिलो दिन शेयर बजारमा ३ अर्ब ५५ करोड रुपैयाँको कारोबार

साताको पहिलो कारोबार दिन आज सोमबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २६।२९ अंकले घटेर २६२७।११ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिनमा नेप्से ८.३० अंकले घटेर बन्द भएको थियो।

आज नेप्सेमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ। त्यसैगरी २ सय ३९ कम्पनीको सेयर मूल्य घटेको छ। आज ३ सय ५६ कम्पनीको ७५ लाख ४० हजार ४ सय १८ कित्ता शेयर ४६ हजार २ सय ४६ पटक किनबेच भएको छ।

आज ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४ सय ९८ रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५ सय ३७ रुपैयाँको कारोबार भएको थियो।

आज स्नो रिभर्स लिमिटेड, कालंगा हाइड्रो लिमिटेड, सानीगाड हाइड्रो लिमिटेडको सेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। थ्री स्टार हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै १३.७९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै ८.५५ नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४ को ५३ करोड ९४ लाख रुपैयाँ बराबरको ऋणपत्र कारोबार भएको छ।

आजको कारोबारमा १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.१३ प्रतिशत घटेको छ।