चीनको जुत्ता कारखानामा आगलागी, २८ जनाको मृत्यु

चीनको सिन्जियाङ सहरस्थित जुत्ता कारखानामा आगलागी हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले राखेको भिडिओमा कारखानाको भवनमा भीषण आगलागी भएको देखिन्छ। केही मानिस छतमा फसेको पनि देखिन्छ।

चीनका राष्ट्रपति सी चिनफिङले आगलागीमा मृत्यु भएकाको संख्या अझै बढ्न सक्ने संकेत गरेका छन्।

फुजियान प्रान्तमा अवस्थित सिन्जियाङलाई चीनको ‘जुत्ता राजधानी’ भनिन्छ। यो जुत्ता उत्पादन गर्ने प्रमुख केन्द्र हो।

एक अनुमानअनुसार विश्वको २० प्रतिशत जुत्ता यहाँ उत्पादन गरिन्छ।

स्थानीय समयअनुसार हिजो बिहीबार हुइटेङ फुटवेयर कारखानामा आगलागी भएको हो।

सरकारी सीसीटीभीका अनुसार उद्धारका लागि ५०० कर्मचारी घटनास्थल पठाइएको थियो।