सुनसरीमा झडप हुँदा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन्। सुनसरी प्रहरीका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्याउनासाथ आइतबार राति ११ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुई […]