नवलपरासीमा बाढीले डाइभर्सन बगाएपछि नारायणगढ बुटवल सडकखण्ड सोमबार बिहानदेखि पूर्णरुपमा अवरुद्ध भएको छ।
आज सोमबार बिहान भएको वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछी पूर्वपश्चिम राजमार्गमा गाडी चल्न नसकेको प्रहरीले जनाएको छ ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँ पालिका ३ सर्दी भएर बग्ने खोरन्डी खोलामा आएको बाढीले नारायणगढ बुटवल सडकखण्ड अन्तर्गत विनय खोलाको डाइभर्सन बगाएको हो।
डाइभर्सन बाढीले बगाएपछि यातायात पूर्ण रुपमा अबरुद्ध भएको छ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सर्दीबाट सुरक्षाफौज परिचालन गरिएको छ।
यसैगरि आज सोमबार बिहानको बर्षाले गोरखाको गोरखा नगरपालिका ८ ढुंगागाडेस्थित गोरखा आरुघाट, बुङ्कोट लोकमार्गमा ह्युम पाइप बगाएपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।