केटीकाण्डमा आर्मीका मेजरसाब

जबर्जस्ती करणीका मुद्दा प्रहरीमा दर्ता हुने र अदालतमा मुद्दा पर्ने क्रम बढ्दो छ ।

नाबालिका बलात्कार, बैवाहिक बलात्कर, लिभिङ टुगेदरका झमेला पनि अनेक छन् । जेल र प्रहरी हिरासतमा त्यस्ता थुनुवाहरुको संख्या अत्यधिक पाइन्छ ।

सामान्यतया महिला न्यायाधीश भए यस्ता घटनामा जोडिएको व्यक्ति सोझै जेल जान्छ । त्यसबाहेक पुरुष न्यायाधीशले पनि यसमा घुस खाएर छाडेको आरोप लाग्ला भनेर पुर्पक्षमा हालिदिने क्रम बढ्दो छ ।

यसै क्रमको नयाँ उदाहरण हो एकजना सैनिक अफिसर अर्थात मेजर साप हिरासतमा पुग्नुपरेको छ । अमेरिकाबाट फर्किएकी एक युवतीसँग होटलमा बसेर बिहानै छाडेर हिँडेपछि उनीमाथि गम्भीर आरोप लागेको हो ।

उजुरीअनुसार गत हप्ता, मोजरसापसँगै बिताएपछि उनी ती महिलाको सम्पर्कबाट टाढिन पुगे ।

त्यसपछि सम्पर्कमा नरहेको आवेगमा सो खबर तुरुन्तै दरबारमार्ग चौकीमा पुग्यो । प्रहरीले तुरुन्तै नम्बर लिएर फोन गर्दा आर्मीका मेजर भएको जानकारी मिल्यो र, चौकीमा बोलाएर हिरासतमा राखि म्याद थप गरियो ।

हिरासतमा रहेका आर्मी मेजर अनिल बस्नेत जंगी अड्डाभित्र सिग्नल बटालियन गणेशदल छेउको क्यान्टिनमा तैनाथ सोलुखुम्बुका हुन् ।

उनि केही वर्षअघि खरिपाटीको क्याडेट तालिममा रहेका केटीहरुलाई अवाञ्छित हर्कत गरेको आरोपमा जागिर गएर पछि पुनर्बहाली भएका थिए ।